२०८२ असार ४ बुधबार

राशिफल

रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

काठमाडौं : रुपन्देहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको गैडहवा गाउँपालिका–२ मा गए राति भएको दुर्घटनामा परी गैडहवा गाउँपालिका २ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको ज्यान गएको हो ।

लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी श्यामु अर्यालले बताए ।