२०८२ असार १ आइतबार

राशिफल

१२४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको जनाएको छ ।

मंगलबार आयोगले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएकाे हाे ।

जम्मा २५१ प्रतिवादीका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएकाे अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयाे ।