२०८२ असार १ आइतबार

राशिफल

मकवानपुरमा ९८ कैदीबन्दीले मतदान गर्न पाउने

काठमाडौं : मङ्सिर ४ गते हुने निर्वाचनमा मकवानपुर भीमफेदी कारागारका ९८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

कारागार प्रशासनका अनुसार कैदीहरूलाई कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिक मतदान गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

कारागार प्रमुख तीर्थ पौडेलका अनुसार कारागारमा रहेका नौ सय ८९ कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ९८ जनाले मतदान गर्न पाउने भएका हुन् ।