२०८२ जेठ २२ बुधबार

राशिफल

आज कार्तिक २३ गतेको राशिफल

RASHIFAL NDC
RASHIFAL NDC

मेष  : चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ पनि दिनेछन् ।

 

मिथुन  : का, कि, कु, घ, ङ, छ, के, को, हा आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

 

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे  आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

 

तुला  : रा, रि, रु, रे, रो, ता, ति, तु, ते  आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

 

धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहन सुख पनि मिल्नेछ ।

 

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा  आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

 

वृष  : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो  आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

 

कर्कट  : हि, हु, हे, हो, डा, डि, डु, डे, डो चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइएला । चलाखीपूर्ण बोलीले काम सफल हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

 

कन्या  : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो  आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

 

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

 

मकर  : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि  आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

 

मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि  सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्राविधिक काम पूरा हुनेछन् ।