२०८२ जेठ २२ बुधबार

राशिफल

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानसँग खेल्दै

काठमाडौं :  साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेलमा भुटानसँग खेल्दैछ । ढाकामा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ४स्१५ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ । यता भुटान प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । भुटान पहिलो खेलमा नेपालसँग ७–० गोल अन्तरले हारेको थियो ।

नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ ।