२०८२ असार १ आइतबार

राशिफल

गठबन्धनलाई जिताउनुस्, दार्चुलाले मन्त्री पाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जिते दार्चुलाले मन्त्री पाउने आश्वासन दिनुभएको छ ।

आज बुधवार दार्चुलाको गोकुलेश्वरमा सत्तारूढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो । उहाँ भन्नुभयो, ‘गठबन्धन आजको आवश्यकता हो । गठबन्धनले जिते दार्चुलाले मन्त्री पाउँछ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मिचिएको नेपाली भूमि कुटनीतिक पहलबाट फिर्ता हुने बताउनुभयो । महाकाली कोरिडोर, पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले केपी ओलीले आफैँले नक्सा पास गरेको भनेर झुटा बोलिरेहको भन्दै सबै दल एक ठाउँमा उभिएर नक्सा पास भएको बताउनुभयो । ओलीतिर सङ्केत गर्दै उहाँले दार्चुलामा आएर बोल्दैमा आफ्नो मिचिएको भूमि पिर्ता नहुने भएकाले भारतसँग संवाद गर्नुपर्ने बताउनुभयो । ओलीले आफूले मात्रै जस लिन खोजेको उहाँको आरोप थियो ।