२०८२ असार १ आइतबार

राशिफल

भोजपुरमा ग्यास लिक भएर आगलागी बालकको मृत्यु

काठमाडौं  :  भोजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा ग्यास लिक भएर आगलागी हुँदा उनका ६ वर्षीय छोरा आयुष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालकको उपचारका क्रममा धरान घोपा क्याम्पमा मृत्यु भएको हो ।

उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो ।