२०८२ जेठ २२ बुधबार

राशिफल

ग्यास पड्किने कारण यस्तो छ, ग्यासलाई कसरी सुरक्षा गर्ने ?

काठमाडौँ : शहरदेखि गाउँसम्म खाना पकाउने ग्यासको उपभोग वर्षेनी बढ्दै गएको छ । गाउँघरमा पनि दाउराको साट्टो ग्यास नै प्रयोग गर्न थालेको पाइन्छ । ग्यासको प्रयोग बढेसँगै ग्यास पड्किने घटना पनि बढ्दै गएको छ।

पछिलो समया ग्यास पड्केरे ज्यान गुमाउनेको सख्या बढ्दो रहेको पाईन्छ । ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण हो । ‘सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास कहिलेकाँही पडकिने गर्दछ ।

गुणस्तर प्रमाणित नभएका चुल्हो, रेगुलेटर, रबर पाइप जस्ता उपकरणका कारण पनि त्यसता घटना हुने गरेको पाइएको छ। त्यस्तै लामो समयसम्म सिलिण्डर बिना प्रयोग राखीराख्ने जस्ता कार्यले समेत सुरक्षाको जोखिम निम्ताउन सक्ने हुन्छ ।

ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

सिलिण्डर ल्याउँदा नगुडाउने

सकभर सुतीको कपडा लागएर मात्र खाना पकाउने।

सिलिण्डरमाथि कुनै सामान नराख्ने, ग्यास भरिएको सिलिण्डरको भार बढी नै हुन्छ। त्यसमाथि सामान राख्दा भार थपिने भएकाले यसले जोखिम बढाउँछ।

एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्ने, एकातिर खाना पकाइरहँदा अर्को सिलिण्डरबाट ग्यास लिक भएमा त्यो निकै जोखिम हुन्छ।

सिलिण्डरलाई कहिलै पनि ढलाएर वा कोल्टो पारेर नराख्ने

कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन।

ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुनु हुँदैन्।

सिलिन्डरमा ग्यास सकिनासाथ भान्साभन्दा बाहिर राख्ने

सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कँस्नुहोस, खाना बनाइसकेपछि ग्यास बन्द गर्ने