काठमाडौं : मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसले बेलबारी ८ निवासी मानबहादुर लिम्बुले टिकट पाउने भएको छ । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको पुष्टि गरे ।
तपाइँको प्रतिक्रीया