२०८२ असार ३ मङ्गलबार

राशिफल

डोटीमा भूकम्पपछि ३०० पराकम्प महशुस

काठमाडौं :  डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् ।

आज बिहान ८ बजेसम्म ३०० परकम्पको महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।