२०८२ जेठ ३२ शनिवार

राशिफल

मकवानपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

काठमाडौं  :  मकवानपुरको धरान चतरा सडकखण्डस्थित बकैया ४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

हेटौंडाबाट हात्तिसुढेतर्फ गैरहेको बा प्र ०३–००१ त ३४१ नम्वरको ट्याक्टर गएराति ९ बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

ट्याक्टरमा सवार बागमती गाउँपालिका ५ बगेरीका २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार बागमती ५ कै ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ट्याक्टरका चालक ट्याक्टर सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।