२०८२ जेठ ३१ शुक्रबार

राशिफल

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं :  झापामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

घरायसी विवादका क्रममा श्रीमानले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा २६ वर्षीय श्रीमती सपना गोरडको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका १ बुधबारे बजारस्थित सुन पसल सञ्चालन गरी बस्ने भारतका ३२ वर्षीय रघुनाथ मारुती गोरड रहेका छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार श्रीमान श्रीमतीबीच सामान्य विवादमा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।