२०८२ जेठ २२ बुधबार

राशिफल

२२औं आहा ! रारा गोल्डकप पुस १२ देखि

काठमाडौं : सहारा क्लब पोखराको आयोजनामा हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करण आगामी पुसमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आहा ! रारा गोल्डकपका लागि पुस १२ देखि २३ सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ । एन्फाले मिति प्राप्त भएपछि २२ औं संस्करणको तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा विभागीयसहित ‘ए’ डिभिजन क्लब, विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुने बाइएको छ । प्रतियोगितामा १२ टिमले भाग लिनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजक सदाझैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । विगतमा जस्तै सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडलको प्रायोजन गर्नेछ ।

गत संस्करणमा फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै विभागीय टोली एपीएफले पहिलो पटक उपाधि जितेको थियो ।