काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक सुरक्षा परीक्षण गर्ने तयारी गरेको छ । महानगरले निजी क्षेत्रमार्फत यातायात व्यवस्थापनको अध्ययन गर्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सडक सुरक्षा परीक्षण योजना बनाएको बताएका हुन् ।
महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक राम थापाका अनुसार महानगरले नीति कार्यक्रममै ल्याएको सडक सुरक्षा गुरुयोजना अनुसार महानगरले यातायात क्षेत्र व्यवस्थापनको तयारी गरेको हो ।
महानगरले आफैंले अध्ययन गर्दा प्राविधिक जनशक्ती र समय दुवैको अभाव हुने भएकोले सडक सुरक्षा सम्बन्धी अध्ययन गर्न निजी क्षेत्रलाई ‘हायर’ गर्ने विषयमा एक चरण छलफल भएता पनि ठोस निर्णयमा नपुगेको उनले बताए ।
थापाका अनुसार महानगरले अहिले सडक सुरक्षाको लागि नगर प्रहरीमार्फत ट्राफिक प्रहरी र यातायात व्यवस्थापनमा सहयोग गरिहेता पनि अन्य विषयमा काम गर्न सकेको छैन ।
तपाइँको प्रतिक्रीया