काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज सुदूरपश्चिम प्रदेश जाँदैछन् ।
१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन् ।
ओलीले आज बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
तपाइँको प्रतिक्रीया