२०८२ जेठ ३१ शुक्रबार

राशिफल

जी २० सम्मेलनमा सी र बाइडेनबीच भेटवार्ता हुने

काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङले अर्को हप्ता इन्डोनेसियामा हुने जी २० शिखर सम्मेलनमा भाग लिने क्रममा अमेरिकी समकक्षी जो बाइडेनलाई भेट्ने भएका छन् ।

बेइजिङको विदेश मन्त्रालयले सीले बाइडेनलाई भेट्ने पुष्टि गरेको छ हो । चिनियाँ राष्ट्रपतिले गत महिना ऐतिहासिक तेस्रो कार्यकालको नेतृत्वमा हस्ताक्षर गरेपछि यो पहिलो भेटवार्ता हुनेछ ।

जनवरी २०२१ मा बाइडेनले पदभार ग्रहण गर्नुअघि दुई जनाबीच भेट भएको थियो । त्यसपछि धेरै पटक फोनमा वार्ता गरेका थिए । तर, कोभिड १९ महामारी र सीको विदेश यात्रा रोकिएपछि उनीहरूबीच भेट हुन सकेको थिएन् ।