काठमाण्डौ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल दुई घण्टा ढिलो गरी सुरु भएको छ ।
उपाधिका लागि नेपाल आर्मी र एपीएफ क्लब खेलिरहेका छन् । कीर्तिपुर मैदानमा एपीएफले टस जितेर पहिला फिल्डिङ रोजेको छ । आर्मीले तीव्र गतिका बलर सोमपाल कामीलाई फाइनल खेलमा समावेश गरेपछि विवाद हुँदा खेल ढिलो भयो । आजको खेल ४० ओभरको हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक फाइनलमा पुग्यो । अस्ति भएको पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लबले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको हो । आर्मी र एपीएफ तेश्रो पटक फाइनलमा खेल्न लागेका हुन् ।
तपाइँको प्रतिक्रीया