काठमाडौं : नारायणगढ–मुग्लिन सडकको घुमाउने नजिक आज बिहानीपख साढे ३ बजेतिर सामान बोकेका ३ वटा ट्रक ठक्कर खाँदा सडकमा राम्रोसँग गाडी चल्न सकेका छैनन् । दुई घण्टा जति सडक दुईतर्फी नै अवरूद्ध भएको थियो ।
समान बोकेका तीनवटा ट्रक ठक्कर खाएपछि दुई घण्टाजति दोहोरै गाडी अवरूद्ध भए । बिहान ६ बजे तिरबाट एकतर्फी गाडी चलेका छन्,चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले भने ।
सामान बोकेका ट्रकहरू भएका कारण सडकबाट हटाउन केही समय लाग्ने भएका कारण सडकमा दोहोरो गाडी चल्न गाह्रो हुँदा जाम जस्तै भएको उनले बताए ।
तपाइँको प्रतिक्रीया