२०८२ जेठ २३ बिहीबार

राशिफल

आज कार्तिक २७ गते तपाईको दिन कस्तो रहला, श्री पशुपतिनाथले सवैको रक्षा गरुँन

मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ  एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

 

मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, हा  आज आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

 

सिंह  मा, मि, मु, मे, मो, टा, टि, टु, टे  आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । विपरीत वर्गप्रति आकर्षण पनि बढ्नसक्छ ।

 

तुला  रा, रि, रु, रे, रो, ता, ति, तु, ते  कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

 

धनु   ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तीर्थाटनको योग पनि छ ।

 

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, दा  शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

 

वृष  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो  आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

 

कर्कट  हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च पनि बढ्न सक्छ ।

 

कन्या  टो, पा, पि, पु, ष, ण, ठ, पे, पो  आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

 

वृश्चिक  तो, ना, नि, नु, ने, नो, या, यि, यु पढाईको क्षेत्र कमजोर रहला । गरिरहेको काममा ढिलासुस्ती हुन सक्छ, तर शुभकार्यको चर्चा चल्नेछ प्रणयसम्बन्ध बढेर जाने समय पनि छ ।

 

मकर  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

 

मीन  दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।