काठमाण्डौ : भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर–१ ईवामुरा अस्पताल नजिकै बा ७ च ०८१५ नम्बरको कारले बाग्मती प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर–१ का २३ वर्षका सन्दीप बस्नेतको उपचारका क्रममा ज्यान गएको हो ।
उनको ईवामुरा अस्पताल भक्तपुरमा ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । कार चालक भक्तपुरको पोटरस्क्वायरका आयूष कायस्थलाई प्रहरीले पक्राउ गरेको छ ।
तपाइँको प्रतिक्रीया