२०८२ जेठ ३१ शुक्रबार

राशिफल

ओलीले आज कर्णालीका तीन वटा जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्ने

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारप्रसारका क्रममा आज कर्णालीका तीन वटा जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले बिहान कालिकोटको रोस्कोटमा आयोजित चुनावी सभलाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले प्रदेश अध्यक्ष विनोद शाहले जानकारी दिए ।