काठमाडौं : केही दिनअघि मात्रै ब्लड क्यान्सर देखिएका बैतडीका युवकको मलेसियामा मृ’त्यु । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।
बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृतकको आजै पोष्टमार्टम गरिने उनको भनाई छ । पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ ।
मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए । उनका श्रीमति, २ छोरी र १ छोरा छन् ।
तपाइँको प्रतिक्रीया