२०८२ असार ५ बिहीबार

राशिफल

मधेसका मतदातामा चुनावी ‘उत्साह’ कम, ‘मौन’ मतले नतिजा आकलन ‘कठिन’

काठमाडौं : राजविराज ९ की ललितादेवी यादव नेतादेखि निराश बने पनि मत चाहिँ दिने बताउँछिन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक साता मात्र बाँकी रहँदा पनि मधेस प्रदेशका कतिपय जिल्लाका मतदाताहरूले अघिल्ला चुनावहरूमा जस्तो यसपालि आफूहरूमा उत्साह नभएको बताएका छन्।

यद्यपि त्यस्तो धारणा व्यक्त गर्नेमध्ये अधिकांशले उनीहरूकै भनाइमा मंसिर ४ गते कुन उम्मेदवार र कुन चिह्नमा भोट हाल्ने भन्ने तय गरिसकेका छन्। कतिपय भने आफूले मत दिने दल र उम्मेदवारबारे खुलेरै कुराकानी पनि गर्न थालेका छन्।

एकजना विश्लेषकका भनाइमा मतदातामा उत्साह कम देखिएको भन्दा पनि मौन मत बढेकाले परम्परागत रूपमा गरिएजस्तो मत परिणामको आकलनू वास्तविक नहुने सम्भावना बढेको छ। बीबीसी