काठमाडौं : ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।
भारतको मधुवनी जिल्लामा रहेको जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले चुनावको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
खुला सीमानाकाका कारण चुनावको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
तपाइँको प्रतिक्रीया