२०८२ जेठ ३१ शुक्रबार

राशिफल

नवलपरासीका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउदै

काठमाडौं : निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं। २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो । निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको सशस्त्र प्रहरी बल नवलपरासीका डिएसपी केशव राज थापाले जानकारी दिनुभयो। भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग जोडिएको जिल्लाको सीमा क्षेत्र २८ किलोमिटर लामो रहेको छ ।

अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको छ । २६ नंं। हेडक्वाटर मातहतमा ५ वटा बिओपी र २ वटा सुरक्षा बेस क्याम्प रहेको डिएसपी थापाले बताउनुभयो ।

निर्वाचन नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाई अपराधिक गतिविधि नियन्त्रण गर्न हप्ता दिनअघि रुपन्देही, नवलपरासी, कपिलवस्तुका सुरक्षा प्रमुख र सीमा क्षेत्रका भारतीय सुरक्षा प्रमुखहरुको बैठक समेत बसेको थियो । बैठकपछि अहिले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई पनि तीव्रता दिएपछि अवैध रुपमा ल्याउँदै गरेका सामान समेत धमाधम बरामद हुन थालेको छ ।

बरामद भएका समानमा चिनी, कपडा, मोबाइल र इलोक्ट्रोनिक लगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।