२०८२ जेठ २० सोमबार

राशिफल

आज विश्व मधुमेह दिवस, नेपालमा पनि मनाइँदै

Doctor use glucosmeter checking blood sugar level from patient hand 876767526 test, meter, medical, diabetic, closeup, measurement, glucometer, white, person, human, instrument, healthcare, sample, clinic, health

काठमाण्डौ  :  आज विश्व मधुमेह दिवस । नेपालमा पनि मनाइँदैछ । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्म दिनको अवसरमा सन् १९२२ देखी यो दिवस मनाउन थालिएको हो ।

सन् २००६ देखि संयुक्त राष्ट्र सङ्घले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मान्यता दिएको हो । यस वर्षको मधुमेह दिवसको नारा एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने रहेको छ । विश्वमा अहिलेसम्म ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ ।

नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा मधुमेह भएको हुनसक्ने अनुमान छ । डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण हाम्रो जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । अहिले मधुमेह वा डायबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालेको छ ।

समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरहरु बताउँछन् ।