२०८२ असार १ आइतबार

राशिफल

गोरखा २ मा अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण

काठमाडौं  :  गोरखा २ मा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार अब्दुस मियाँको प्रचारप्रसार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति अब्दुस बस्ने पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको जानकारी दिए । आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड हुनाका साथै खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा थिए ।

आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ । गोरखा प्रहरी प्रवक्ता लीलाराज लामिछानेले राम सापकोटा र अजित पन्तलाई नियन्त्रणमा लिइएको र कुटपिट गर्ने अन्य तीन फरार रहेको जानकारी दिए ।

अब्दुसको चुनावी प्रचारप्रसार सचिवालयका अश्विन दानीका अनुसार दुई दिनअघि एक अपरिचित नम्बरबाट फोन गरेर आफू वाईसीएलको सदस्य भएको भन्दै ज्यान जोगाउन धम्की दिएका थिए ।