काठमाडौं : कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका उमेदवार अमरबहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको हो ।
हिजो घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको प्रहरीले जानकारी दिएको छ ।
तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ ।
तपाइँको प्रतिक्रीया