काठमाडौं : काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि अनधिकृत साइन बोर्ड हटाउन सुरु गरेको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड हटाउन लागेको हो ।
महानगरले गएको असोज ७ गते ३० दिने सार्वजनिक सूचना जारी गर्दै त्यस्ता बोर्ड राखेबापत कर तिर्न अनुरोध गरेको थियो । व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइने उनले बताए ।
३० वर्गफुटसम्मका परिचय पाटीको वडामा गएर दर्ता गराउन सकिने छ । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइने महानगरले जनाएको छ ।
तपाइँको प्रतिक्रीया