२०८२ जेठ ३२ शनिवार

राशिफल

मोरङमा आफनै भान्जाले गरे मामा हत्या

काठमाडौं :  मोरङको उर्लाबारी नगरपालिका–८ मा आइतवार राति एक युवकले आफ्नै मामाको हत्या गरेका छन् ।

उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी ४२ वर्षीय मामा काजी महराको हत्या गरेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । महराको घर मोरङको पथरिशनिश्चरे नगरपालिका–१ मा हो।

निद्रामै रहेका बेला हतियार प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा लगिएको थियो । उपचारकै क्रममा गएराति उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । हत्याको कारण खुलेको छैन ।