२०८२ जेठ ३१ शुक्रबार

राशिफल

काग्रेसका पार्टीविरोधी थप ५ जनालाई पार्टीबाट निष्काशित

काठमाडौं :  नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ जनालाई निष्काशनको घोषणा गरेको छ ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गरेको हो ।

यस्तै बारा जिल्ला समिति सदस्य रामएकवाल प्रसाद यादवलाई पनि निष्काशन गरिएको संयोजक ढुंगानाले जानकारी दिए ।