काठमाडौं : गण्डकी सरकारका अर्का मन्त्री बर्खास्तमा परेका छन् । भौतिक पूर्वाधारमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कानूनमन्त्री विन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा खड्कालाई बर्खास्त गरिएको हो ।
मुख्यमन्त्री र कानूनमन्त्रीलाई असहयोग गरेको र विरोधमा उत्रिएको जानकारीपछि उहाँलाई हटाइएको हो, श्रोतले बताएका छन ।
उनी सरकारका प्रवक्तासमेत रहेका थिए । प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन खड्काको भूमिका थियो । तर, अहिले चुनावको टिकट नपाएपछि उनी असन्तुष्ट थिए ।
तपाइँको प्रतिक्रीया