काठमाडौं : युक्रेनलाई लक्षित गरेर प्रहार गरिएको एउटा मिसाइल पोल्याण्डमा खसेको छ । यो घटनामा दुई जना मारिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले प्रहार गरेको मिसाइल पोल्याण्डमा खसेको दाबी गरेको छ । तर रुसले आफ्नो संलग्नता अस्विकार गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको पोल्याण्ड सीमा नजिक कुनै मिसाइल आक्रमण गरिएको छैन ।
पोल्याण्डले पनि आफ्नो देशमा मिसाइल खसेको घटनाबारे छानविन गरिरहेको बताएको बीबीसीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया