काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
गठबन्धन ताप्लेजुङले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ जाने भएको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए ।
जिल्ला सदरमुकामस्थित तोक्मेडाँडामा हुने सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
तपाइँको प्रतिक्रीया