२०८२ असार ४ बुधबार

राशिफल

निर्वाचनपछि जनताले मलाई प्रधानमन्त्रीमा देख्न चाहेका छन : प्रकाशमान सिंह

काठमाडौं  :  नेपाली कांग्रेसका नेता काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएको छ ।

आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलो कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको उल्लेख गरे ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार उहाँले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका उल्लेख्य काम गरेकोले यसपटक घरदैलोका क्रममा जनताले सकारात्मक प्रतिक्रिया दिएको उनको दाबी छ।