२०८२ जेठ ३१ शुक्रबार

राशिफल

भरतपुरमा काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

काठमाडौं  :  चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं.१० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारका क्रममा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।