२०८२ जेठ ३१ शुक्रबार

राशिफल

जोरजाम भएको गठबन्धन आवश्यक छैन :ओली

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन् । गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम गर्न सक्ने उनको भनाइ छ ।

बुधबार सुनसरीको लौकीमा आयोजित चुनावी सभामा ओलीले अघिल्लो निर्वाचनमा एमाले दुई तिहाइ बहुमतको नजिक नभएको, अल्पमतमा परेकाले यसपटक बहुमत चाहिने बताए ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पालिमुनि गएर बसेको भन्दै उनको कडा आलोचना गरे । प्रचण्ड पार्टी एकता गर्न नभई सिंगो पार्टी प्रतिक्रियावादीलाई बुझाउन एकताको नाटक गरेको आरोप लगाए ।

उनले बालक, वृद्ध, महिला सबैको उत्थानको काम एमालेले मात्र गर्न सक्ने दाबी  गरे ।