२०८२ असार १ आइतबार

राशिफल

निर्वाचनका कारण चार दिन जनकपुरधाम रेल सेवा बन्द हुने

काठमाडौं : मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका कारण चार दिन जनकपुरधाम रेल सेवा बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध संचालक निरञ्जन कुमार झाले रेल सेवा चार दिनसम्म बन्द रहने सूचना जारी गरेका हुन् । भोली मंसिर १ गतेदेखि ४ गतेसम्म रेलसेवा बन्द रहने सूचनामा भनिएको छ ।

मंसिर ५ गतेदेखि रेल सेवा नियमित समयमा संचालन हुनेछ । चुनावमा ७२ घण्टा नेपाल(भारत सीमानाका समेत बन्द रहने र रेल जयनगरसम्म चल्ने भएकाले बन्द गर्नु परेको बुझिएको छ ।