२०८२ असार ४ बुधबार

राशिफल

प्रतिगामी शक्तिलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्ने : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगामी शक्तिलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्ने बताएका छन् ।

बैतडीको शिवनाथमा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले राष्ट्रिय महत्त्वका परियोजनालाई अघि बढाउने बताए ।

उनले सुदूरपश्चिमको मुहार फेर्नसक्ने पश्चिम सेती र पञ्चेश्वर योजनाका साथै झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल बनाउने प्रतिवद्धता जनाए ।