२०८२ जेठ ३२ शनिवार

राशिफल

झापामा ओलीले भने- सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउँछौं

एमाले अध्यक्ष केपी ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताएका छन् । झापा १ इँटाभट्टामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने बताए ।

राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई एमालेले जिताउने उनको भनाइ थियो । उनले गठबन्धन सरकारको आलोचना गरे । मिलेर भाग खान गठबन्धन गरेको भन्दै राष्ट्रियताको कुरा सुन्नै नसक्ने गठबन्धनका उम्मेदवारलाई नभई एमालेलाई जिताउनुपर्ने उनको भनाइ थियो ।

एमालेसँग देश बचाउने र बनाउने भिजन रहेको उनले दाबी गरे । ओलीले विश्वप्रकाश र अग्नि खरेल होइन, विकास कि विनाशबीचको लडाइँ भएको उल्लेख गरे । उनले जनताले यो निर्वाचनमा गल्ती नगर्ने बताए ।

उनले एमालेले कार्यकर्ता खपत गर्नकै लागि झापा १ मा अग्नि खरेललाई नपठाएको बताए ।