२०८२ जेठ २५ शनिवार

राशिफल

सेयर बजार २५.५७ अंकले वृद्धि

काठमाडौं  :  सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बिहिबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो ।

सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो ।

४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र बोटलर्स नेपालको ७.५१ प्रतिशतले वृद्धि भएको छ ।