२०८२ असार ४ बुधबार

राशिफल

मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन मिल्दैन : निर्वाचन आयाेग

काठमाडौं : निर्वाचन आयोगले मतदातालाई असर गर्नेगरी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जनाएको छ ।

आयोग कार्यालयमा बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई असर गर्नेगरुी सुकुम्बासी बस्ती हटाउन नमिल्ने जानकारी दिएका हुन् । यदी कसैले सुकुम्बासी बस्ती हटाए कारबाही गर्ने उनले चेतावनी दिए ।

गत शुक्रबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाइएका घरटहरा भत्काउन अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमको विरोधमा बिहीबार पनि काठमाडौंमा भूमिहीन सुकुम्बासी आन्दोलनमा उत्रिएका छन् ।