२०८२ जेठ ३१ शुक्रबार

राशिफल

संवेदनशील मतदानस्थलमा निर्वाचन आयोगले हेलिकप्टरबाट पनि अनुगमन गर्ने

काठमाडौं  :  निर्वाचन आयोगले सुरक्षा संवेदनशीलता हेरेर केही मतदान स्थलको हेलिकप्टरबाट पनि अनुगमन गर्ने जनाएको छ ।

आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको समेत बताएका छन् ।

यसअघिका चुनावमा बुथ क्याप्चर गरेका मतदानस्थल र संवेदनशील मतदान स्थलको विश्लेषण गर्दा विशेष सूचीमा राखेको र हेलिकप्टरबाट समेत अनुगमन गर्ने उनले बताए ।