काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले केपी ओली नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौं क्षेत्र नंवर २ मा गठबन्धनले आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको सिद्धान्त असफल भइसकेको भन्दै नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेपनि ओली त्यसलाई मान्न तयार नरहेको बताउनुभएको हो । दुई दुई पटक संसद बिघटन गरेर संविधान मास्नेदेखि भ्रष्चाटारलाई प्रश्रय दिने काम ओलीबाट भएको प्रचण्डले बताउनुभयो । ओलीको गोरुगाडाको सिद्धान्त पनि असफल भइसकेको उहाले बताउनुभयो ।
त्यस्तै प्रचण्डले संविधानलाई बचाउनका लागि, देशलाई राजनीतिक स्थायीत्वका लागि गठबन्धन बनाउनुपरेको दावी गर्नुभयो । मंसिर ४ गतेको निर्वाचन अवसर भएर आएको भन्दै सवै जनताले यसको सहि उपयोग गर्नुपर्ने उहाको भनाई छ । अवको एजेण्डा बिकास र समृद्धि नै भएकोको उहाले बताउनुभयो ।
तपाइँको प्रतिक्रीया