२०८२ जेठ २२ बुधबार

राशिफल

आज मंसिर २ गतेको राशिफल, श्री पशुपतिनाथले सवैको रक्षा गरुँन

मेष  : चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज आफन्त सँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

 

मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, हा  अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापारव्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

 

तुला  रा, रि, रु, रे, रो, ता, ति, तु, ते आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ ।

 

धनु  ये, यो, भा, भि, भु, धा, फा, ढा, भे नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाइनेछ ।

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला । पुँजी बजारमा पनि फाइदा हुनेछ ।

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो बन्न लागेको काम बिग्रनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

 

वृश्चिक  तो, ना, नि, नु, ने, नो, या, यि, यु  आज रोकिएको धन पाइन सक्छ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।

 

मकर  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि  आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ ।

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि  सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ ।