काठमाडौं : निर्वाचन आयोगले स्थिर समयमा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन फेरि पनि आग्रह गरेको छ।
आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरे पनि धेरैले अझै नहटाएको पाएको छ ।
कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो ।
तपाइँको प्रतिक्रीया