२०८२ जेठ २१ मङ्गलबार

राशिफल

गुह्येश्वरीमा मनाइने गुह्येश्वरी जात्राको लिङ्गो उठाइयो

काठमाण्डौ : पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुई दिने गुह्येश्वरी जात्राको लिङ्गो उठाइएको छ ।

हरेक वर्ष मंसिर कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको पहिलो दिन हिजो लिङ्गो उठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिए ।

गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई ल्याउने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको कार्यालयले जनाएको छ । तलेजु भवानी लिन क्लबको नेतृत्वमा स्थानीय बासिन्दाको समूह त्यसतर्फ गएको पनि उनले बताए । जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ । आज बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिन्छ ।

जात्रा सकी आजै राति मूर्ति तलेजु मन्दिरमै फर्काइने कार्यक्रम रहेको छ ।