काठमाडौं : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटामा बिहीबार साँझ स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवी विष्टको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।
रुखमा स्याउला काट्ने क्रममा हांगाले बिजुलीको तारमा छोइएपपछि उनको घटनास्थलमै मृत्यु भएको शाहले बताए ।
तपाइँको प्रतिक्रीया