काठमाडौं : ४ मंसिरमा हुने चुनावको सुरक्षाका लागि काठमाडौंमा ५ हजार ७ सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन स्वच्छ, भयरहीत र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न काठमाडौंका ३ सय २० मतदानस्थल र ७ सय ५७ मतदान केन्द्रमा २ हजार ५ सय नेपाल प्रहरी र ३ हजार २ सय ७९ म्यादी प्रहरी परिचालन गरिएको जानकारी दिए ।
काठमाडौंको क्षेत्र नं १ मा नेपाल प्रहरी १११, म्यादी प्रहरी २१८, क्षेत्र नं २ मा नेपाल प्रहरी २१७, म्यादी प्रहरी ४०१, क्षेत्र नं ३ मा नेपाल प्रहरी १६४, म्यादी प्रहरी २९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी १८१, म्यादी प्रहरी ३३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी १७८ र म्यादी प्रहरी ३२९ परिचालन गरिएको छ ।
यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी १६९, म्यादी प्रहरी ३१७, क्षेत्र नं ७ मा नेपाल प्रहरी १५९, म्यादी प्रहरी २९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी १३८, म्यादी प्रहरी २४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी १९२, म्यादी प्रहरी ३५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी २२६ र म्यादी प्रहरी ४२० परिचालन गरिएको मैनालीले बताए ।
ऋन् न्चयगउमबख
यसका साथै नेपाल प्रहरीले काठमाडौंमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच गर्दै आएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ ।
तपाइँको प्रतिक्रीया