२०८२ जेठ २० सोमबार

राशिफल

नेपालमा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ : नेपालमा थप आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात सय ७८ जनाको नमुना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १७ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४४ जनामा झरेको छ ।

२४ घण्टामा कोरोना भाइरसविरुद्धो खोप लगाएकाको विवरण भने प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।